काठमाडौँ। बैंक अफ इन्डियाले भारतीय व्यापारी अनिल अम्बानी ‘ठगी’ मा संलग्न भएको दाबी गरेको छ। बैंक अफ इन्डियाले भारतीय व्यापारी अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन्सको ऋण खातालाई ठगी घोषणा गरेको हो ।
उनलाई यसअघि स्टेट बैंक अफ इन्डियाले पनि उक्त खातालाई ठगी घोषणा गरेको थियो । रिलायन्स कम्युनिकेसन्सबाट लिइएको रकमको गलत प्रयोग भएको बैंक अफ इन्डियाले सार्वजनिक फाइलिङमार्फत जनाएको छ । यसमा कम्पनीका पूर्व निर्देशक अनिल अम्बानीको नाम पनि समावेश छ । यो ऋणको विषय सन् २०१६ सँग सम्बन्धित छ ।
बैंक अफ इन्डियाका अनुसार अनिल अम्बानी र उनका केही पूर्व निर्देशकहरूले खाताबाट झिकेको रकमलाई अन्यत्र प्रयोग गरेका थिए ।अम्बानीलाई पनि यस ठगी प्रकरणमा संलग्न रहेको दाबी गरेको छ । बैंक अफ इन्डियाले रिलायन्स कम्युनिकेसन्सलाई ७०० करोड भारु ऋण दिएको थियो ।