PRABHU BANK

कृषि विकास बैंकका सेयरधनीहरुले १५.७८ प्रतिशत लाभांश पाउने

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकका सेयरधनीहरुले लाभांश पाउने भएका छन् । बैंकका सेयधनीहरुले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश पाउने भएका हुन् । बैंकको सोमवार सम्पन्न संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै बैंकले सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । संचालक समितिद्धारा प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै