काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले बैंकको सबै ऋण तिरिदिने सर्तमा आफुलाई आन्दोलन छोड्न अफर आएको तर आफुले नमानेको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा प्रसाईंले यस्तो दाबी गरेका हुन् ।
‘मलाई बैंकको सबै ऋण तिरिदिन्छौँ, अभियान छोड्नुपर्यो भन्ने अफर आएको थियो । तर, मैले मानिन ।’ पत्रकार सम्मेलनका क्रममा प्रसाईंले भने ।
सम्मेलनका क्रममा उनले आफुलाई बैंकिङ कसुरको झुटो मुद्धा लगाइएको दाबीसमेत गरे । सबै बैंकको ब्याज समयमै तिरिरहेको दाबी गर्दै उनले उनले आफुलाई कर्जा सूचना केन्द्रले समेत क्लिन चिट दिएको दाबी गरे ।