काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गभर्नर विश्वनाथ पौडेलले अदालत किन्न खोजिरहेको आरोप लगाएका छन् । जेलबाट छुटेपछि गरेको पहिलो पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले गभर्नर पौडेलको सर्टिफिकेटबारे पनि टिप्पणी गरेका छन् । उनले पीएचडीको प्रमाणपत्र भए पनि मुनि (मास्टर्स)को प्रमाणपत्र नभएको टिप्पणीसमेत गरेका छन् । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
प्रसाईंले आफुलाई बैंकिङ कसुरको झुटो मुद्धा लगाइएकोसमेत दाबी गरेका छन् । उनले आफुले अहिलेसम्म सबै बैंकको ब्याज तिरीरहेकोसमेत दाबी गरेका छन् । पत्रकार सम्मेलनका क्रममा उनले आफुले बैंकलाई ब्याज तिरेको भौचरको कपिसमेत देखाएका थिए ।
पत्रकार सम्मेलनमार्फत उनले आफुहरु राजीनीतिक दल खोल्ने प्रक्रियामा अघि बढिसकेकोसमेत दाबी गरेका छन् ।