काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले बैंकले लिलाम गरेका घरजग्गा सरकारको जमानीमा जसको घर जग्गा हो उसैलाई फिर्ता दिलाउन र समय दिएर बैंकको ऋण तिर्ने व्यववस्था गर्न आफु लागि परेको बताएका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो योजना प्रस्तुत गरेका हुन् ।
उनले राजनीतिक पार्टी खोल्ने घोषणासमेत गरेका छन् ।
साथै उनले सहकारीको डुबेको रकमसमेत फिर्ता हुनुपर्ने माग राखेका छन् । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने आफ्नो पूरानो मागसमेत यथावत रहेको उनले बताएका छन् ।