धरानका थाम्सुहाङ बैंकिङ कसुर मुद्दामा काठमाडौंमा समातिए

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको धरान उपमहानगरपालिका–८ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङ हुन्।

मोरङ जिल्ला अदालतले २०८३ साउन १ गते पक्राउ अनुमति जारी गरेपछि, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले थाम्सुहाङलाई साउन २६ गते काठमाडौं महानगरपालिका–११, थापाथलीबाट पक्राउ गरेको हो।

उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा ३ लाख रुपैयाँ बिगो रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि साउन २७ गते जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङ पठाइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्