National

मेगा बैंकद्धारा एकैदिन ३ ओटा एक्सटेन्सन काउन्टर संचालनमा

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले राजधानीका ३ ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७ नारायणटारमा, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ गुण्डुमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । 
बैंकले उक्त एक्सटेन्सन काउन्टर मंसिर २९ गते सोमबारका दिन सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । बैंकले देशभर रहेका २ सय ६ वटा शाखा कार्यालय र ३४ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै