![# Everest Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiCQN4LrWPBtqoBqjanIiqOq44svcof67oapszq31hCRlJPL1dfqSsb9qpip1kXZGRonNdUsnYfY_8tHu-0xuD-TlPWbP29m5Ozur-Z06-r_bhIntT_7zIHRe01S2PjOHBfRnvH8uKUTcZh/s16000/EVEREST-BANK.jpg)
- बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको हो । बैंकले गत आर्थिक वर्षको लाभांश पारित गर्नको लागि उक्त वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सञ्चालक समितिको प्रस्तावित १०.५३ प्रतिशत लाभांशलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५.५३ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । जुन पुस २७ गते हुने वार्षिक साधारणसभाले पारित गर्नेछ ।सभामा जाने प्रयोजनको लागि बैंकको पुस १० गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज हुने भएको छ ।