prabhu

 एनआईसी एशिया बैंकको ग्राहकलाई प्यान अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार ‘आयकर ऐन २०५८’ अन्तर्गत नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा ग्राहकको कर कट्टी विवरण समावेश गर्न प्यान अनिवार्य भएको हो।

ग्राहकहरूले आफ्नो प्यान panupdate.nicasiabank.com पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘PAN Update’ विकल्पमार्फत अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयमा गएर फारम भरेर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई E-TDS रेकर्डमा उल्लेख गर्न प्यान आवश्यक हुने भन्दै, प्यान अद्यावधिक भएपछि कर कट्टी विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने जनाएको छ। यसले ग्राहकलाई कर कट्टी तथा कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत पुग्ने र प्रमाणपत्रका लागि बैंक धाउनुपर्ने झन्झट हट्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै