DISH HOME

सांग्रिला बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामस्थित बयालपाटा अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

अस्पतालमा आयोजित कार्यक्रममा बैंकको साँफेबगर शाखाका शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा। मन्दिप पाठकलाई उक्त उपकरण हस्तान्तरण गरे।

अस्पतालका निर्देशक डा। पाठकले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा यो उपकरणले अक्सिजन व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए। उनका अनुसार ५० बेड क्षमताको यस अस्पतालमा दैनिक २००–२५० र वार्षिक ७०–८० हजार बिरामी उपचार सेवा लिन्छन्।

बैंकले यसअघि आर्थिक वर्ष ०८०/८१ अन्तर्गतको सामाजिक उत्तरदायित्व  कार्यक्रममार्फत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै