PRABHU BANK

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र यूके.एड.सक्षम वित्तीयबीच सम्झौता, स्वरोजगार सृर्जना गर्ने उद्देश्य

Janautthan Samudayic Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र यूके.एड.सक्षम वित्तीयबीच सम्झौता भएको छ । यूके.एड. सक्षम वित्तीय पहुँच सँगको सहकार्यमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले समूहमा आवद्ध समूह सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम दिनको लागि उक्त सम्झौता गरेको हो । 
संस्थाको शाखा कार्यालय शक्तिखोर, चितवन र शाखा कार्यालय ठोरी पर्सामा आवद्ध ५३ जना समूह सदस्यहरुलाई २ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ । उक्त तालिम छुट्टा-छुट्टै स्थानमा सञ्चालित भएको थियो । इच्छाकालिका गाँउपालिका वडा नं. १ चितवनमा भएको तालिम कालिका नगरपालिकाका पशु सेवा शाखाका अधिकृत श्री इश्वरी प्रसाद पौडेलले र ठोरी गाँउपालिका-२ टाउन प्लान पर्सामा भएको तालिम कृष्ण बहादुर कार्कीले सम्पन्न गरेका थिए । 
तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमलाई सम्बन्धित शाखाका शाखा प्रमुख सुमन सापकोटा र अजय गुरुङ्ग लगायत त्यँहा कार्यरत कर्मचारीहरुले व्यवस्थापन गरेका थिए । कम्पनीले हालसम्म १९ जिल्लामा रहेको ३९ वटा शाखा कार्यालयमार्फत करिव ४४,००० समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै