PRABHU BANK

ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखारहित बैंकिङ सेवा खैरापुरमा, मुक्तिनाथ यादवद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले बर्दिया जिल्लाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । खैरापुरमा संचालन भएको शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३९ पुगेको छ ।
बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं २, खैरापुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा साबित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने भएका छन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा/टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले उक्त स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।
बैंकले हालसम्म २ सय ६४ शाखा कार्यालयहरु २ सय ३९ एटिएम, २३९ शाखा रहित बैंकिङ सेवा र ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि­/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै