प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १२ लाख ३५ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो।

बैंकको संस्थापक समूहको १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। बैंकका संस्थापक सेयरधनीहरुले मात्रै उक्त सेयरमा खरिद निवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्