prabhu

सिटिजन्स बैंक लिमिटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौता, ग्राहकले होटलको सेवामा विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेड र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई होटलको विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी ल्याण्डमार्क होटलसँग सम्झौता गरेको हो । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पामा सेवा लिँदा विशेष छुट पाउँने भएका छन् ।
कोरोना भाइरसको महामारीको यस्तो अवस्थामा पनि बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गर्दै आइरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको सुरुवात गरेको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ११० वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै