काठमाडौँ। एनआईसी एशिया बैंकमा अत्याधिक जोखिम देखेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले ४ प्रतिशत पुँजी कायम गर्न निर्देशन दिएको छ ।
सञ्चालन जोखिममा ३ प्रतिशत ‘क्यापिटल चार्ज’ लगाउँदै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
एनआईसी एशियालाई केहि समय अघि मात्र नेपाल राष्ट्र बैंकले ऋणीलाई बढी ब्याज लिएको भन्दै कारवाही गरेको थियो ।