काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले देशभर रहेका शाखा प्रमुख तथा अनुगमन अधिकृतहरुलाई तालिम प्रदान गरेको छ । नेपाल राष्ट्र बैंक बाट घ वर्गको इजाजत प्राप्त राष्ट्रीय स्तरको यस संस्थाले देशभर रहेका ९६ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरुलाई ‘फोकस अन क्वालीटि प्रोफिटएविलिटि’ तालिम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको हो ।
वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतिहरुलाई सामना गर्दै सदस्य, गुणस्तरिय कर्जा वृद्धी र संस्थाको समग्र कार्यक्रमहरुको गुणस्तरलाइ सुधार गरि संस्थाको लक्ष्य हासिल तर्फ लाग्न संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले बताए ।
वित्तीय संस्थाका अध्यक्ष बिष्णु कुमार घिमिरेले आजको विषम परिस्थितिमा कर्मचारीहरुले गरेको योगदानप्रति धन्यवाद प्रदान गर्दै आगामी दिनहरुमा थप हौसलाका साथ काम गर्नका लागी थप प्रेरणा प्रदान गरे ।