सिवाईसी नेपाल लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफामा २०८.४४ प्रतिशतले छलाङ मार्दा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफामा उल्लेखनीय वृद्धि देखिएको छ।

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ करोड ८० लाख रुपैयाँको तुलनामा २०८. ४४ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी ४१. ३० प्रतिशत वृद्धि भई नाफा बढ्नमा योगदान पुर्‍याएको हो। यद्यपि कमिशनबाट हुने आम्दानी भने १६. १५ प्रतिशतले घटेको देखिएको छ। कुल सञ्चालन आम्दानी २९. ४८ प्रतिशतले र सञ्चालन मुनाफा २५०. ५३ प्रतिशतले बढेर कम्पनीको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट ९ करोड १० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८० पैसा बाट बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रति शेयर नेटवर्थ २७७ रुपैयाँ १७ पैसा र मूल्य-आम्दानी अनुपात ४०. २८ गुणा रहेको छ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ। पछिल्लो एक वर्षमा निक्षेप तथा सापटी १०. ४९ प्रतिशत र कर्जा ४. ९६ प्रतिशत वृद्धि भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्