prabhu

एनएमबि बैंकले सम्पन्न गर्यो वृक्षारोपण कार्यक्रम, बैंकले रोप्यो दुई सय फलफूलका विरुवा

काठमाडौँ। एनएमबि बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले पार्कमा ड्रायागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुई सय फलफुलका विरुवा रोपेको छ। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे बृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए । उनले एनएमबि बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए । जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु निरन्तर गरिरहेको बताए ।

उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबि बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा कर्जा लगानीहरु गरेको बताउदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख्य गरे । तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि बृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै