prabhu

राष्ट्र बैंकको मूल्याङ्कन : निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेहरू बढेपछि सजगता आवश्यक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्ति तथा कालोसूचीमा सूचीकृत ऋणीहरूको संख्या बढ्दै गएकाले वित्तीय संस्थाहरू थप सजग हुनुपर्ने आवश्यकता औंल्याएको छ।

राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात बढ्दो क्रममा रहेको छ, जसले बैंकिङ क्षेत्रलाई जोखिममा पार्न सक्छ। यस्तै, तरलता पर्याप्त रहेको कारण निक्षेप र कर्जाको औसत ब्याजदर क्रमशः घटिरहेको उल्लेख गरिएको छ। औसत मुद्रास्फीतिभन्दा निक्षेपमा दिइने ब्याजदर अझै उच्च रहेकाले अर्थतन्त्रले त्यसबाट लाभ उठाउने सम्भावना रहेको राष्ट्र बैंकको निष्कर्ष छ।

राष्ट्र बैंकले वित्तीय समावेशिता तथा प्रणालीको सबलीकरणका लागि संरचनात्मक, नीतिगत र कार्यगत सुधार आवश्यक देखिएको जनाएको छ। यसका लागि तथ्यमा आधारित नीति निर्माण, अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विवेकशील नियमन, प्रभावकारी सुपरिवेक्षण, र ग्राहकमैत्री बैंकिङ प्रणालीको विकासमा जोड दिनुपर्ने बताइएको छ।

साथै, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गरिने सेवाहरू क्रमिक रूपमा विशिष्टीकृत गर्दै ती संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्नु आवश्यक रहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै