‘कर्जाको दुरुपयोग गर्नेलाई कडा कारवाही हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको दुरुपयोग गरेमा कडा कारवाही हुने स्पष्ट चेतावनी दिएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै कर्जाको दुरुपयोगलाई बैंकिङ कसुर ऐन अन्तर्गत दण्डनीय अपराधको रूपमा लिइने उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार कर्जा लिने व्यक्ति वा संस्थाले कर्जा सुविधा जुन प्रयोजनका लागि लिएको हो, त्यही उद्देश्यमा मात्र प्रयोग गर्नुपर्ने हुन्छ। अन्य प्रयोजनमा कर्जा प्रयोग भएमा त्यसलाई बैंकिङ कसुर मानिने सूचनामा उल्लेख गरिएको छ।

ऐनको दफा १५ को उपदफा २ अनुसार, कर्जा दुरुपयोग गरेमा नोक्सानी बराबरको जरिवाना, बिगो भराउने र कसुरको गम्भीरता हेरी कैद सजायसमेत हुन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्