१ . ऋण नतिरेपछि नबिल बैंकले ताला लगाइदिएको कम्प्युटर पार्ट्स बिक्रेता कम्पनी मेगाटेक सोलुसनमा ग्लोबल आईएमई बैंकले पनि ताला लगाइदिएको छ । बैंकको ऋण नतिरेपछि कम्पनीमा ग्लोबल आईएमई बैंकले पनि ताला लगाईदिएको हो ।
२. एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले ऋणीबाट उठाएको बढी ब्याज फिर्ता गर्न निर्देशन दिएको छ । ऋणीबाट गैरकानुनी रुपमा बढी ब्याज लिएको प्रमाणित भएपछि राष्ट्र बैंकले बैंकलाई कारवाहीसमेत गरेको छ भने बढी लिएको ब्याज फिर्ता दिन निर्देशनसमेत दिएको छ ।
३. एनआईसी एशिया बैंकले ऋणीलाई ऋण दिंदा लागु हुने ब्याजदर, तिर्नुपर्ने किस्ताको रकम लगायतका विवरण सरल भाषामा प्रस्तुत नगरी ऋणीलाई झुक्याएको पाइएपछि राष्ट्र बैंकले कारवाही गरेको छ । बैंकले यसरी हदैसम्म मनपरी गरेको पाइएपछि राष्ट्र बैंकले कारवाही गरेको हो । बैंकले ब्याजदर परिवर्तन गरेको जानकारीसमेत ऋणीलाई नगराएको भन्दै बैंकलाई सचेतसमेत गराएको छ ।
४ . कुमारी बैंकका कर्मचारीले १ महिनाको बेसिक तलव बराबरको क्लोजिङ बोनस पाएका छन् । बैंकले आफ्ना ३ हजार ३ सय बढी कर्मचारीलाई क्लोजिङ बोनस वितरण गरेको हो । बैंकले विगत ३ बर्षदेखि बोनस खुवाएको थिएन । यसपटक भने स्थिति राम्रो हुँदै गएको भन्दै बैंकले बोनस खुवाएको हो ।
५ . एनएमबि बैंकका कर्मचारीले १ महिनाको बेसिक तलव बराबरको क्लोजिङ बोनस पाएका छन् । बैंकले आफ्ना कर्मचारीलाई क्लोजिङ बोनस वितरण गरेको हो ।
६ . सानिमा बैंकका कर्मचारीले २ महिनाको बेसिक तलव बराबरको क्लोजिङ बोनस पाएका छन् । बैंकले आफ्ना कर्मचारीलाई क्लोजिङ बोनस वितरण गरेको हो । बाँकी बोनस बैंकले अडिट सकिएपछि वा साधारण सभाका समयमा मिलाएर खुवाउने भएको छ । सानिमा बैंक बढी बोनस दिने बैंकहरुमध्ये पर्ने गरेको छ ।
७ . ग्लोबल आईएमई बैंकका कर्मचारीले १ महिनाको बेसिक तलव बराबरको क्लोजिङ बोनस पाएका छन् । बैंकले आफ्ना कर्मचारीलाई क्लोजिङ बोनस वितरण गरेको हो । बैंकले सेयरधनीलाई भने लामो समयदेखि जिल्ल बनाईरहेको छ ।
८ . माछापुछ्रे बैंकका कर्मचारीले १ महिनाको बेसिक तलव बराबरको क्लोजिङ बोनस पाएका छन् । बैंकले आफ्ना कर्मचारीलाई क्लोजिङ बोनस वितरण गरेको हो ।
९ . बैंकले क्लोजिङ बोनसका नाममा रकम खातामा पठाएपछि कर्मचारी भने हौसिएका छन् । कतिपय कर्मचारीहरुले त बैंकले खातामा पठाएको बोनसले क्लिजिङको तनाव भुलेको भन्दै सामाजिक संजालमा खुसीसमेत पोखेका छन् । बोनस आएको खुसी धेरै कर्मचारीहरुले टिकटक लगायतका सामाजिक संजालमार्फत बाँडेकासमेत छन् ।
१० . भर्खरै राष्ट्र बैंकको कारवाहीमा परेको सिटिजन्स बैंकले कर्मचारीलाई बोनस खुवाउन केहि समय कुर्ने भएको छ । साउन १५ सम्मको रिकभरीलाई गत आर्थिक बर्षको हिसाबमै मिलाउन मिल्ने भएकाले बैंकले कर्मचारीलाई बढी बोनस खुवाउन खोजेको हो ।
११ . हिमालयन, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतले कति बोनस कुन बेला दिने भन्ने विषय साउन १५ पछि निर्क्योल गर्ने भएका छन् । यी बैंकहरुले नाफाको हिसाब गरेर कहिले बोनस खुवाउने भन्ने विषयमा निर्क्योल गर्ने भएका हुन् ।
१२ . बैंकको जागिर छोडेर फुल टाइम सेयर बजारमा लाग्नेहरुको संख्या ह्वात्तै बढेको छ । बैंकमा काम गरेजस्तो प्रेसर पनि नहुने र पैसा पनि सिकेर ट्रेड गरे बैंकको जागिरको तुलनामा राम्रो भएको भन्दै बैंकको जागिर नै छोडेर सेयर बजारमा लाग्नेहरुको संख्या ह्वात्तै बढेको हो ।
१३ . ग्राहकलाई बढी ब्याज लिएर ठगेको, र समयमै ब्याज रिभिजनको जानकारी नदिएर गलत काम गरेको भन्दै राष्ट्र बैंकको कारवाहीमा परेपछि एनआईसी एशिया बैंकले साउन दोश्रो साता पुगेपछि साउनको ब्याज रिभाइज भएको जानकारी ग्राहकलाई दिएको छ । बैंकले एसएमएसमार्फत यस्तो जानकारी दिएको हो ।
१४ . सिवाइसि लघुवित्त वित्तीय संस्थामा चरम भ्रष्टाचार भएको भन्दै अख्तियार र राष्ट्र बैंकमा २९ पाना लामो उजुरी परेको छ । संस्थाभित्र चरम बेथिति बढेको भन्दै अनुसन्धान गरी कारवाही गर्न आग्रह गर्दै अख्तियार र राष्ट्र बैंकमा उजुरी परेको हो ।
१५ . कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ योजना अलपत्र परेको छ । प्रदेश सरकारले ल्याएको सो योजना अलपत्र परेपछि योजना ल्याउने तर अलपत्र पार्नेहरुको संख्यामात्र नेपालमा बढेको भन्दै चौतर्फी आलोचना बढेको छ ।
१६ . बैंकहरुले कर्जा दिन ढिलो गरे त्यसको क्षतिपूर्तिसमेत तिर्नुपर्ने सुझाव बैंकिङ सुधार सुझाव कार्यदलले राष्ट्र बैंकलाई दिएको छ । बैंकहरुले कर्जा दिने बहानामा ऋणीहरुलाई झुलाउने गरेको र अन्तिममा ऋण नदिने गरेको चौतर्फी गुनासो बढीरहेका बेला कार्यदलले यस्तो सुझाव दिएको हो । कार्यदलको यो सुझावलाई चौतर्फी प्रशंसा आईरहेको छ ।
१७ . कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने भएको छ । बैंक घोटाला संलग्न भनी मुद्धा दर्ताको प्रक्रिया अघि बढाइएका मध्ये केहिको मृत्यु भईसकेको पाइएको हो ।
१८ . एनआईसी एशिया बैंकले सस्तोमा सेयर धितो कर्जा दिने भएको छ । बैंकले ८.१७ प्रतिशत ब्याजदरमै सेयर धितो कर्जा दिने भएको हो ।
१९ . नेपाल राष्ट्र बैंकले एउटा प्रयोजनका लागि बैंकबाट ऋण लिएर अर्कै काममा लगाउनेहरुलाई सचेत गराएको छ । वित्तीय सचेतनाको एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले एउटा कामलाई भनेर ऋण लिने तर अर्को काममा लगाउने काम गैरकानुनी भएको प्रष्ट पारेको हो ।
२० . बैंकको जागिर छोडेर विदेश पलायन हुनेहरुको संख्या ह्वात्तै बढेको छ । बैंकको जागिरमा भविष्य नदेखेर जागिर छोडी विदेशिनेको संख्या ह्वात्तै बढेको हो ।
२१ . नेपाल इन्भेष्टमेन्ट बैंकविरुद्ध देशभरका इन्जिनियरहरु आन्दोलित भएका छन् । बैंकले इन्जिनियरले के गर्ने हो भन्ने काम नै नबुझेर जथाभावी इन्जिनियरहरुलाई कालोसूचीमा राखेको भन्दै बैंकविरुद्ध देशभरका इन्जिनियरहरु आन्दोलित भएका हुन् । इन्जिनियरहरु आन्दोलित भएपछि सो बैंकमा धितोको मूल्यांकन बन्द हुँदा धितो राखेर प्रवाह हुने ऋणको काम नै ठप्प भएको छ ।
२२ . नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुलाई ऋण बढाउन निर्देशन दिएका छन् । ऋण प्रवाह बढी हुँदामात्र अर्थतन्त्र चलायमान हुने भन्दै पौडेलले बैंकहरुलाई ऋण बढाउन निर्देशन दिएका हुन् ।
२३ . सेयर बजारमा बुलको माहोल आएपछि कतिपय बैंकका कर्मचारी नियमित काम नै छोडेर सेयर बजारको काममा लागेको पाइएको छ । कतिपय बैंकका डेपुटी सीइओदेखि टेलरमा काम गर्ने कर्मचारीसम्म सेयर बजारमै झुम्मिएपछि बैंकको काम प्रभावित भएकोसमेत देखिएको छ ।
२४ . नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिएका छन्। लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा बढी आन्दोलन हुने कम्पनीका रुपमा चर्चित यो लघुवित्तमा विभिन्न माग राखी कर्मचारीहरु पुनस् आन्दोलनमा उत्रिएका हुन् ।
२५ . सेयर बजार मापक नेप्से परिसूचक करिव १५० अंकले बढ्दा पनि एनआईसी एशिया बैंकको सेयर भाउ भने उल्टै १५ रुपैयाँले घटेको पाइएको छ । बुलिस लयमा लागेको बजारमा सबैजसो बैंकको सेयर भाउ बढ्दा एनआईसी एशियाको भने भाउ घटेको पाइएको हो ।
२६ . पछिल्लो एक दशककै सबैभन्दा ठुलो बैंक घोटाला प्रकरण कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीइओ र तत्कालीन अध्यक्षसहित १०० बढी विरुद्ध मुद्धा दर्ता भएको छ । जनताको अरवौं रुपैयाँमाथि घोटाला भएको सो प्रकरणमा बैंकका तत्कालीन थुप्रै कर्मचारी र ऋणीहरुलाईसमेत प्रतिवादी बनाइएको छ ।
२७ . नेपाली बैंकिङ इतिहासमै पहिलोपटक नेपाल राष्ट्र बैंककै कर्मचारीले घुस खाएर गलतलाई ठिक भनेको र सो बैंक डुबेको भन्दै राष्ट्र बैंककै कर्मचारीविरुद्ध पनि अदालतमा मुद्धा दर्ता भएको छ । राष्ट्र बैंकबाट सुपरिवेक्षणमा गएका भुवन बस्नेतले १० लाख घुस खाएर सबै स्थिति गलत हुँदा पनि सबै स्थिति ठिक छ भनेर रिपोर्ट बनाएको सीआइबीको दाबी छ ।
२८ . बैंकले सार्है कम ब्याज दिन थालेपछि बैंकबाट पैसा झिक्ने र व्यक्तिगत ब्याजमा लगाउनेहरु संख्या थप बढेको छ । बैंकले सार्है कम ब्याज दिने र अझै ब्याज घट्ने संकेत देखिएपछि बैंकमा पैसा राखेर ब्याज खानेहरु मर्कामा परेका छन् । उनीहरुले सोहि मर्कामा परेकै कारण बैंकबाट भकाभक पैसा झिकिरहेका छन् ।
२९ . गाडी किन्न ऋण लिने तर समयमा किस्ता नतिर्ने प्रवृति बढीरहेका बेला एभरेष्ट बैंकले नाइमा अटो शोलाई नै प्रायोजन गरेर गाडीमाथि थप ऋण प्रवाह गर्ने भएको छ । अटो कर्जामा थुप्रै समस्या देखिएको भए पनि बैंकमा प्रसस्तै पैसा भएपछि बैंकले गाडी किन्नका लागि थप ऋण दिने उद्देश्यले नाइमा अटो शोमा प्रायोजन गरेको हो ।
३० . मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुखमाथि सेवाग्राहीको बचत रकम अपचलन गरेको गम्भीर आरोप लागेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तातोपानीका प्रमुख मनप्रसाद जैशीमाथि सेवाग्राही महिलाहरूको बचत रकम अपचलन गरेको गम्भीर आरोप लागेको हो। तीन वर्षअघि समूहबाट बाहिरिएकी उमगाडकी जोती गिरीले आफैं नगइकन पनि आफ्नो नाममा जम्मा भएको बचत र ब्याज रकम एकमुष्ट फिर्ता गरिएको थाहा पाएपछि ठगी भएको उजुरी दिएकी छिन्।
३१ . बैंकका पूर्व सीइओ नै बैंकको कालोसूचीमा परेको पाइएको छ । यस अघि एक बिकास बैंकमा सीइओ भएर बैंक चलाएका व्यक्ति नै बैंकको कालो सूचीमा परेको पाइएको हो । बैंककै पूर्व सीइओ कालोसूचीमा परेपछि सामान्य ऋणीहरुको हालत कस्तोसम्म भएको होला भन्ने बहस सुरु भएको छ ।
३२ . सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले केन्द्रिय कार्यलयको लागि चार्टड एकाउन्टेन्ट माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकहरुले साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
३३ . आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, साहायक, वरिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो। योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित साउन २१ गतेभित्र आवेदन दिन सक्नेछन्।
३४ . नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले व्यक्तिका खातामा पैसा हाल्न सक्नुपर्ने अचम्मको अभिव्यक्ति दिएका छन् । उनले विदेशमा व्यवस्था भएको भन्दै यस्तो अभिव्यक्ति दिएका हुन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।