नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख १४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले   २ लाख बढी कित्ता  संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैंकले  ६ जना संस्थापक सेयरधनीको २ लाख १४ हजार ४९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त संस्थापक  सेयरमा हालकस लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन  सक्नेछन्।

बैंकले निवेदन पेस गर्न ३५ दिनको समय दिएको छ। इच्छुक संस्थापक सेयरधनीले उक्त अवधिभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखामा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

साथै तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्