PRABHU BANK

सिटिजन्स बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता, महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ । बैंकले महिला उद्यमी महासंघ नेपालका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने सम्बन्धी बैंक र महास‌ंघबीच सम्झौता भएको हो । उक्त सम्झौता पुस ८ गते बुधबार भएको हो । 
बैंकले महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गर्ने भएको छ । महिला उद्यमशिलताको विकासको हेतु चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म १ सय ९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै