PRABHU BANK

नेपाल बैंक लिमिटेडको ६१औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्दै

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्ने भएको छ । बैंकले आफ्नो ६१औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्ने भएको हो । बैंकको सभा सो दिन बिहान ११ बजे काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो । 
सभाले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बैंकले आगामी पुस १६ गते बुक क्लोज गर्ने भएको छ । यस कारण पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउने र उक्त साधारणसभामा भाग लिन पनि पाउने भएछन् । बैंकले सभामा सहभागि गराउनको लागि जुम लिंक प्रदान गर्ने जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै