सिद्धार्थ बैंकका ग्राहकहरुलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा छुट

काठमाडौँ । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबिच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सैलूनका विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सो सम्झौता अनुसार ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत  सम्पर्क गर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्