जाली चेक दिएर लाखौँ ठग्ने बृहस्पति राई पक्राउ

काठमाडौँ । बैंकिङ कसुरको अपराधमा एक जना व्यक्ति पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका वडा नं. २९ बस्ने ४९ वर्षीय बृहस्पति राई बैंकिङ कसुरको अपराधमा पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले राईलाई शंखमूलबाट पक्राउ गरिसकेको छ। उच्च अदालत पाटनको २०७९ साल असार २८ गतेको फैसलाले राईबिरुद्द २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपुर्ति बापत ८ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर गरेसँगै उनी फरार भएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्