DISH HOME

सम्पर्क विहिन कर्मचारीलाई सम्पर्कमा आउन स्वावलम्बन लघुवित्तको आग्रह, ७ दिनभित्र अनुपस्थित भए कानुनी प्रकिया अपनाइने !

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक सूचना जारी गर्दै सम्पर्क विहिन कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको छ। लघुवित्तको कनिष्ठ सहायक प्रशीक्षार्थी पदमा कार्यरत एक कर्मचारीलाई स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सम्पर्कमा आउन आग्रह गरेको हो।

विरगंज महानगरपालिका वडा नं १६ पर्सा स्थायी घर भएका राजु राउत शाखा कार्यालय माइस्थान पर्साबाट सरुवा भइ शाखा कार्यालय मोरङमा हाजिर भएको अवस्थामा वैशाख १२ गतेदेखि कार्यालयमा कुनै जानकारी नगराई सम्पर्क विहिन भएका हुन्।

लघुवित्तले लघुवित्तको केन्द्रिय कार्यालयमा ७ दिनभित्र उनी अनुपस्थित भएमा उनलाई खोज्न कानुनी प्रकिया अपनाइने जनाएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै