काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको र यसले पूँजी पलायनको खतरा बढेको बताएका हुन् । योसँगै उनले उनले सरकारकै अकर्मण्यताका कारण ब्याजदर न्यून स्तरमा झर्दा पनि कर्जा प्रवाह हुन नसकेर बैंकहरमा झण्डै ७ खर्ब रुपैयाँ थुप्रिएको बताएका छन् ।
सभामा उनले सरकारका पछिल्ला नीतिका कारण बैंकहरुमा ब्याजदर अझै तल झर्ने, बचत निरुत्साहित हुनुका साथै पूँजी पलायन हुने अवस्था देखिएको पनि उल्लेख गरेका छन्।