prabhu

अदालतको फैसलापछि भागेका पैसा नभएको चेक काट्ने निरौला पक्राउ

काठमाडौँ। पैसा नभएको चेक काट्ने एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुला महाकाली ४ घर भई हाल ललितपुरको महालक्ष्मी ८ बस्ने ६२  वर्षीय भिम प्रसाद निरौला रहेका छन् । उनि  अदालतको फैसलापछि भागेका थिए।

बैंकिङ कसुर मुद्दामा २० लाख बिगो कायम भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले ललितपुर महालक्ष्मी ५ ईमाडोलबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मिति २०८१-११-१२ गते बिगो २० लाख सहित पक्राउ अनुमति प्राप्त भई सकेको प्रहरीले जनाएको छ । उनी जिल्ला प्रहरी परिसर ललितपुरमा २०८१ साल वैशाख २४ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै