prabhu

बैंकमा पैसा हराउने र हिसाब नमिल्ने समस्या देखिन थाले

काठमाडौँ। पछिल्लो समय बैंकमा पैसा नै हराउने, हिसाब नमिल्ने लगायतका समस्या देखिन थालेका छन् । क्लोजिङका नाममा हतार हतार काम गर्दा बैंकमा पैसा नै हराउने, हिसाब नमिल्ने लगायतका समस्या देखिन थालेका हुन् ।

हतार हतारमा चापमा काम गर्दा बैंकका काउन्टरहरुमा क्यास शर्टको समस्या ह्वात्तै बढेको हो । यसरी हराएको पैसा टेलरमा बस्ने कर्मचारीले तिर्नुपर्ने हुँदा दिनदिनै पैसा हराउने समस्याका कारण बैंकका तल्ला तहका कर्मचारी तनावमा पर्न थालेका छन् ।

यता ऋण नतिरेका ऋणीहरुले फोन नै ब्लक गर्न थालेपछी बैंकका कर्मचारीले नयाँ सिम लिएर ऋणीलाई फोन गर्न थालेका छन् । असार मसान्तको प्रेसरमा पनि ऋणीले बैंकको ल्यान्डलाइन र बैंकका कर्मचारीको नियमित फोन नम्बर नै ब्लक गर्न थालेपछि बैंकका कर्मचारीले अर्को नम्बर लिएर ऋणीलाई फलोअप गर्न थालेका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै