काठमाडौँ। अब वैदेशिक रोजगारीमा जाने नेपालीहरूले बिना धितो ऋण पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने युवालाई ३ लाख र महिलालाई ५ लाखसम्म बिना धितो ऋण दिइने जनाएको छ ।
विगतमा धेरै युवाहरूले विदेश जान लाग्ने टिकट, भिसा र अन्य खर्च जुटाउन चर्को ब्याजमा साहुसँग ऋण लिनुपर्ने वा जायजेथा धितो राख्नुपर्ने बाध्यता भएका कारण यस्तो व्यवस्था गरिएको हो ।