prabhu

अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकहरुको नाफा ४.९७ प्रतिशतले घट्यो, ११ महिनामा बैंकहरुले कमाए ५३ अर्ब ९७ करोड नाफा !

काठमाडौँ । वाणिज्य बैंकहरुले झण्डै ५४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.९७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकमध्ये समिक्षा अवधिमा ९ बैंकको नाफा बढेको छ भने ११ वटाको नाफा घटेको छ । नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेस्ट बैंक, नेपाल बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

यता, कुमारी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक र हिमालयन बैंकको नाफा भने घटेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै