राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै, कस्तो आउला नीति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार २७ गते (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका हुन्।

राष्ट्र बैंकले ५९ औँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई असार २६ गते बेलुकी ५ बजे बैठक बस्न बोलाएको थियो। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न अन्तिम तयारीमा पुगेको राष्ट्र बैंकले सञ्चालक समिति बैठक एजेन्डाबिनै बोलाएको थियो ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) ले नयाँ मौद्रिक नीति जारी गर्न आर्थिक वर्ष समाप्त भएको १५ दिनसम्म समयावधि दिएको छ।

यसअघिका मौद्रिक नीति सोहीनुरुप साउन दोस्रो साताबीचमै सार्वजनिक भइरहेका थिए। तर, नयाँ गभर्नर डा. विश्वनाथ पौडेलले कार्यविधिले दिएको समयसीमाभन्दा तीन साताअघि नै २४औं मौद्रिक नीति जारी गर्ने तयारी छ।

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ ।

कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट निजी क्षेत्रले राखेका अपेक्षाअनुसार यस क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले राष्ट्र बैंकलाई सुझाव दिइसकेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्