बैंकिङ कसुर मुद्धाका फरार महर्जन पक्राउ, १ करोड ५७ लाख ठगी गरेको आरोप, थप अनुसन्धान हुने !

काठमाडौँ। १ करोड ५७ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर बस्ने ३६ वर्षीय सबिन महर्जन रहेका छन् ।

उनीविरुद्ध प्रहरी वृत्त थानकोट काठमाडौंमा १ करोड ५० लाख रुपैयाँ र प्रहरी वृत्त बालाजु काठमाडौंमा ७ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

हाल काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महर्जनलाई पक्राउ गरिसकेको छ। महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्