prabhu

गभर्नर पौडेल र सिनियर डेपुटी गभर्नर ढुंगाना विदेश उडेपछि राष्ट्र बैंकको कामु जिम्मा मिश्रलाई, महत्वपूर्ण निर्णय भने लिन नपाउने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल र सिनियर डेपुटी गभर्नर ढुंगाना विदेश उडेपछि राष्ट्र बैंकको कामु जिम्मा डेपुटी गभर्नर बम बहादुर मिश्रलाई दिईएको छ ।

गभर्नर पौडेल दुई कार्यकारी निर्देशकसहित हाल स्वीजरल्याण्डमा छन् भने ढुंगाना बंगलादेशमा छिन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मिश्रले राष्ट्र बैंकको कामु गभर्नरको जिम्मा पाए पनि उनले, महत्वपूर्ण निर्णय भने लिन पाउने छैनन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै