DISH HOME

सुदूरपश्चिममा सेवा क्षेत्रमा कर्जा विस्तार, शिक्षा क्षेत्रमा ३.६२ प्रतिशत कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनअनुसार २०८१ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा सेवा क्षेत्रतर्फ प्रवाहित कर्जा ०.८३ प्रतिशतले वृद्धि भई १ खर्ब ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले ९ वटै जिल्लालाई समेटेर तयार पारेको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिममा कुल कर्जामध्ये ७२.८४ प्रतिशत सेवा क्षेत्रमा प्रवाहित भएको हो। जबकि अघिल्लो वर्षको सोही अवधिमा सेवा क्षेत्रको कर्जा ७.४४ प्रतिशतले घटेको थियो।

सेवा क्षेत्रभित्र कर्जा वितरण यसप्रकार रहेको छ:

थोक तथा खुद्रा व्यापारस् ४३.०४%

उपभोग्य कर्जास् ३१.९६%

अन्य व्यवसायस् ८.७९%

शिक्षास् ३.६२%

रियल स्टेटस् ३.२३%

पर्यटनस् ३.०९%

अन्य सेवास् १.८८%

स्वास्थ्य तथा सामाजिक कार्यस् १.६३%

यातायात, भण्डारण तथा सञ्चारस् १.५९%

वित्त, बीमा तथा अचल सम्पत्तिस् १.१८%

जिल्लागत कर्जा वितरणमा सबैभन्दा धेरै हिस्सा कैलाली जिल्लाले ओगटेको छ, जहाँ सेवा क्षेत्रको कुल कर्जाको ६६.७८ प्रतिशत प्रवाह भएको छ। अन्य जिल्लाहरूको योगदान यसप्रकार छ:

कञ्चनपुरस् २०.०९%

डडेल्धुरास् ३.०५%

डोटीस् २.१९%

अछामस् २.१६%

बझाङस् १.६२%

दार्चुलास् १.५८%

बैतडीस् १.४१%

बाजुरास् १.१२%

यो विवरणले सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले सेवा क्षेत्रमै बढी प्राथमिकता दिएको देखिन्छ, जसमा व्यापार, उपभोग र शिक्षातर्फ उल्लेख्य कर्जा प्रवाह भएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै