prabhu

राष्ट्र बैंकद्वारा विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गरेको छ । विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै विनियमावली संशोधन गरेको बताएको हो ।

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १० (क) मा भएको व्यवस्था बमोजिम विदेशमा लगानी सम्बन्धी शर्त, लगानीको क्षेत्रगत सीमा लगायत अन्य व्यवस्थाहरु समावेश गरी राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथौ संशोधन गरिएको सूचनामार्फत जनाएको छ ।

प्रचलित कानूनले छुट दिएकोमा बाहेक नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसाय बाहेकका उद्योग वा व्यवसायमा नेपाल बाहिरबाट अनुसूची-१० मा उल्लिखित व्यवस्थाको अधीनमा रही ऋण लिनु परेमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्ने भएको छ।

यता विदेशी लगानीको स्वीकृतिप्राप्त विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी रकम नेपाली बैंक तथा वित्तीय संस्थामा परिवत्र्य विदेशी मुद्रा वा नेपाली रुपैयाँको खाता खोली जम्मा गर्न सक्नेछन् । साथै, विदेशी लगानी बापत आर्जित रकम र लगानी फिर्ताको रकम सम्बन्धित विदेशी लगानीकर्ताको नेपाली बैंक वित्तीय संस्थामा खोलिएको ने. रु. खातामा जम्मा गर्न सकिने सूचनामार्फत जनाएको छ । पुरा विवरण सूचनामा हेर्नुहोस्:

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै