prabhu

असार लागेसँगै बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढ्यो

काठमाडौं । आर्थिक वर्षको अन्तिम महिना असार लागेसँगै बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकको असार १ र २ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप रकममा उल्लेखनीय वृद्धि देखिएको हो।

असार १ गतेसम्म बैंकिङ प्रणालीमा रहेको कुल निक्षेप ७० खर्ब १ अर्ब रुपैयाँ रहेकोमा असार २ गतेसम्म बढेर ७० खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा वाणिज्य बैंकहरूले मात्र ४ अर्ब रुपैयाँ बराबरको अतिरिक्त निक्षेप संकलन गरेका छन्।

यसैबीच, कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ। असार १ गते ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार २ गतेसम्म ५५ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। अर्थात् दुई दिनको अवधिमा जम्मा २ अर्ब रुपैयाँ कर्जा वृद्धि भएको हो।

त्यस्तै, वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा १ अर्ब रुपैयाँको वृद्धि भएको छ। सोही अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहेको छ भने कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७८.३९ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै