काठमाडौँ । नेपाल एसबिआई बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदका लागि रोजगारी खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कामको अनुभव नहुनेहरूले पनि आवेदन सो पदमा आवेदन दिन सक्नेछन् ।
उक्त पदमा आवेदन दिने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयहरूबाट स्नातक तह वा अन्य सम्बन्धित तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार आवेदन दिने व्यक्तिको उमेर २५ वर्षभन्दा कम हुनुपर्नेछ।