DISH HOME

प्रभु बैंकको २ लाख ७८ हजार बढी संस्थापक सेयर बिक्रीमा, हाल संस्थापकहरुकै लागि खुला

काठमाडौं । प्रभु बैंकले संस्थापक समूहका करिब २ लाख ७८ हजार २ सय ६ कित्ता सेयर बिक्रीमा राखेको छ।

हालको चरणमा यी सेयरहरू बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

बैंकले तोकिएको समयसीमा भित्र कुनै पनि संस्थापकबाट सेयर खरिदको निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाहरुलाई सेयर बिक्री खुला गरिने जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै