DISH HOME

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको हो।

बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार २६९ कित्ता से यर बिक्रीमा राखिएको हो। उक्त सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागिन निवेदन दिनुपर्नेछ।

निवेदन काठमाडौँको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा पेस गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिनेछ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै