काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल र पाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालबीच भेटवार्ता भएको छ। गभर्नर पौडेललाई बधाई दिन आइतबार राष्ट्र बैंक पुगेको (सीएनआई)को टोलीले अर्थतन्त्रले विगत तीन वर्षदेखि भोग्दै आएका समस्यासमाधानका विषयमा छलफल गरेको हो।
सो भेटमा सीएनआईले मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको छ।
सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानका लागि राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरेका छन् ।
अग्रवालले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै यसको समाधानका लागि सुझाव दिएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउने र बैंकमा रहेको लगानीयोग्य रकमको परिचालन बढाउने विषयमा सुझाव दिएको सीएनआईले जनाएको छ।
जवाफमा गभर्नर पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव दिन कार्यदल गठन गरेको उल्लेख गरेका छन्।