prabhu

असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, ५ वाणिज्य बैंकको ब्याजदर घट्यो, १५ बैंकको स्थिर ! (विवरणसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १५ वाणिज्य बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ बैंकले ब्याजदर घटाएका हुन् ।

बैंकहरुको जेठ महिनाको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटेर ५.९०२ प्रतिशत बिन्दुमा झरेको छ । यसअघि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशत बिन्दु रकेको थियो ।

यता, असार महिनामा ब्याजदर घटाउनेमा कृषि विकास बैंक, कुमारी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन् भने बाँकि बैंकहरूले ब्याजदर यथावत राखेका छन्। 

बैंकको नाम व्यक्तिगत ब्याज दर (%) संस्थागत ब्याज दर (%)
एनएमबि बैंक ६.०० ५.००
एभरेष्ट बैंक ६.५५ ५.५५
एनआईसी एशिया बैंक ६.५५ ५.५५
कृषि विकास बैंक ५.४५ ४.४५
कुमारी बैंक ५.७१ ४.५१
नेपाल बैंक ५.४५
सानिमा बैंक ६.३३ ४.५०
सिद्धार्थ बैंक ५.७५ ४.७५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.५० ४.००
नेपाल एसबीआई बैंक ५.५० ४.५०
लक्ष्मी सनराइज बैंक ५.७५ ४.५०
ग्लोबल आइएमई बैंक ६.०० ४.२५
प्राइम कमर्सियल बैंक ६.२५ ३.५०
सिटिजन्स बैंक ५.६५ ४.००
प्रभु बैंक ६.१ ५.००
माच्छापुच्छ्रे बैंक ६.०० ४.००
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.२५ ३.२५
हिमालयन बैंक ५.५५ ४.००
नबिल बैंक ५.७५ ४.०५
राष्ट्रिय वाणिज्य बैंक ६.०० ४.००

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै