काठमाडौँ। वाणिज्य बैंकहरुले ४७ अर्ब बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जुन अहिले तुलनामा १.६७ प्रतिशत कम हो ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा २० वाणिज्य बैंकमध्ये १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ ।
यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले ५ अर्ब ६० करोड रुपैयाँ कमाएको छ । दोस्रोमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड रुपैयाँ कमाएको छ। तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ ।
यता एनआईसी एशिया बैंकले भने सबैभन्दा कम ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।