prabhu

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सुचना जारी गर्दै बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौँको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिइसक्नु पर्नेछ ।

निर्धारित मिति भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै