prabhu

‘मौद्रिक नीति र वित्त नीतिमा सन्तुलन राखेर नै अर्थतन्त्र अगाडि बढ्छ’

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर मात्रै अर्थतन्त्र अगाडि बढ्ने बताएका छन् । मंगलबार राजधानीमा एक संस्थाले गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

यसका लागि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको भनाइ छ । कार्यक्रममा बोल्दै उनले सबैतिर मौद्रिक सुशासनको पक्षमा केही प्रश्नहरु उठ्ने गरेको बताए । सुशासनका प्रश्नमा हामी कहिँ न कहिँ चुक्दै आएको हुनाले राष्ट्र बैंक तथा अर्थमन्त्रालय दुई निकाय र मौद्रिक नीति तथा वित्त नीति एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको तर्क छ ।

गभर्नरले पनि वित्त नीति र मौद्रिक नीति एक अर्कोलाई रोक्ने भन्दा पनि सन्तुलन मिलाएर जानुपर्छ भन्ने कुरा गरेका छन् । ‘यसले पनि आगामी दिनमा हाम्रो मौद्रिक तथा वित्त नीतिमा सन्तुलन नहोस् भनेर चाहनेहरु पछाडि छोडिने निश्चित छ । मुलुकको अर्थतन्त्रको स्थिती समस्यामा छ, अर्थतन्त्र दवाबमा छ, अर्थतन्त्र अप्ठ्यारोमा छ भन्ने टिप्पणीहरु भइ नै रहेका छन,’ उनले भने ।

साथै, उनले मौद्रिक सुशासनका विषयमा कसरी काम गर्नुपर्छ भन्ने विषयमा छलफल हुनुपर्ने बताए । मौद्रिक नीति र वित्त नीति, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय र गभर्नर तथा अर्थमन्त्रीको सम्बन्धका विषयमा धेरै प्रश्न उठ्ने गरेको भएपनि त्यसलाई सन्तुलन गरेर लैजाने उनले बताए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै