काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन सुरुवाती प्रक्रिया अगाडि बढाएको छ। आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले सुरुवाती प्रक्रिया अगाडि बढाएको हो ।
राष्ट्र बैंकले सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको छ । सरोकारवाला निकायहरुले आउँदो असार १० गतेभित्र राय-सुझाव पठाउन सक्ने राष्ट्र बैंकले जनाएको छ।