काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल रुकुम पुगेका छन् । साना उद्यमी र कृषकहरूलाई ऋण तिर्न समस्या किन आइरहेको छ भन्ने बुझ्न देश दौडाहामा निस्किएका उनी रुकुम पुगेका हुन् । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल पनि उनको टोलीमा छन् ।
रुकुमपछि, जाजरकोट, दैलेख हुँदै धनगढीसम्मको यात्रा तय गरेका गभर्नरले रुकुम पुगेर व्यवसायीहरुसँग कुरा गरेका छन् ।
रुकुम पुगेर गभर्नर पौडेलले सेयर बजारबारे पनि सकारात्मक सन्देश दिएका छन् ।