पूर्व बैंकर रविन नेपाल विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता, एसिटीको अध्यक्ष पदबाट निलम्बन हुने !

काठमाडौँ। पूर्व बैंकर रविन नेपाल विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ।  पतञ्जलि जग्गा सट्टा-पट्टा प्रकरणमा पूर्व बैंकर रविन नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो। उनीविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएसँगै एसिटीको अध्यक्ष पदबाट निलम्बन हुने भएका छन्।

अख्तियार स्रोतका अनुसार पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पूर्व बैंकर रविन नेपालसहित ९३ जनाले भ्रष्टाचार निवारण एन २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण एन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको जनाइएको छ। उनीहरूविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ ।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा बैंकर राजिव सापकोटासहित ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार मुद्धा दर्ता भएको हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै