काठमाडौँ। पूर्व बैंकर मनोज न्यौपानेसहित दर्जन बैंकरमाथि भ्रष्टाचार मुद्धा दर्ता भएको छ। पतञ्जलि जग्गा सट्टा-पट्टा प्रकरणमा पूर्व बैंकर मनोज न्यौपानेसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो।
तत्कालीन सनराइज बैंकका उपप्रबन्धक मनोज न्यौपाने सहित सोहि बैंकमा कार्यरत ८ कर्मचारीबिरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध बैंकबाट ऋण दिँदा ‘मतियार’ बनेको आरोप लागेको छ।
यसअघि पनि नक्कली ऋण प्रकरणमा सीआईबीले नियन्त्रणमा लिएर हिरासतमा राखी छोडेका बैंकर न्यौपानेले तत्कालीन सनराइज बैंकमा रहँदा पतंजलीलाई भ्रष्टाचारको मतियार बनी ऋण दिएको भन्दै उनी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको हो ।
उनी तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीइओसमेत हुन् । सेन्चुरी प्रभुमा गाभीएपछि उनी प्रभुको सिनियर डेपुटी सीइओ भएका थिए । तर नक्कली ऋण प्रकरणमा परेपछि उनले भीआरएस लिएर बैंकबाट बिदा भएका थिए ।